logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • साताकाे अन्तिम काराेबार दिन सेयर बजारमा ४.९४ अंकले सुधार

    साताकाे अन्तिम काराेबार दिन सेयर बजारमा ४.९४ अंकले सुधार

    3K
    SHARES
    साताकाे अन्तिम काराेबार दिन सेयर बजारमा ४.९४ अंकले सुधार

    काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ।



    आज बजार ४.९४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २३२५.४५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.०६ प्रतिशतले बढेर ४४३.१४ को विन्दुमा पुगेको छ। आज डेढ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटा समूहमा हरियाली छाएको छ भने ५ वटा समूहमा रातो पोतिएको छ।

    यो दिन अन्य समूह सर्वाधिक २.०५ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.०४ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.८९ प्रतिशत, जलविद्युत समूहमा ०.४१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२५ प्रतिशत, लघुवित्त समूहमा ०.१४ प्रतिशत, जीवन बीमा समूहमा ०.५९ प्रतिशत र लगानी समूहमा ०.४४ प्रतिशतको बढोत्तरी भएको भएको छ।

    आज व्यापार समूह सर्वाधिक ०.८५ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ०.८ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.२९ प्रतिशत, वित्त समूहमा ०.७२ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३ प्रतिशतको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ३९ लाख ९१ हजार ५१ कित्ता सेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँमा किनबेच भएका छन्।

    यो दिन नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक १० करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ५ करोड ९ लाख रुपैयाँबराबरको कारोबार भएको आज सूर्या लाइफ इन्स्योरेन्सको ४ करोड ७० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड २० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ६२ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको ३ करोड ४४ लाख रुपैयाँ, छिमेक लघुवित्तको ३ करोड २६ लाख रुपैयाँ, नेपाल फाइनान्सको ३ करोड २४ लाख रुपैयाँ, निफ्राको ३ करोड २४ लाख रुपैयाँ र अपी पावरको २ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    आज जाल्पा सामुदायिक र ग्रीन भेन्चर्सका सेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। यो दिन घलेम्दी हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ६ प्रतिशत बढीको गिरावट आएको छ।


    अर्थ चाैतारी
  • विहिबार, ८ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट