काठमाण्डौ । लगातार ओरालो लागेको सेयर बजारको आज आइतबार आकर्षक बाउन्सब्याक भएको छ।
आज बजार ९५.५२ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २४२०.९६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १७.७४ अंकले बढेर ४६०.८८ को उचाइमा पुगेको छ। कारोबार रकम पनि साढे २ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन वित्त समूह सर्वाधिक ८.६ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ७.३२ प्रतिशतले बढ्दा बैंकिङ समूहमा २.६८ प्रतिशत, व्यापार समूहमा १.०५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.८३ प्रतिशत, विकास बैंक समूहमा ६.५७ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८६ प्रतिशत, अन्य समूहमा ४.९७ प्रतिशत, लघुवित्त समूहमा ३.८ प्रतिशत, जीवन बीमा समूहमा ३.३६ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.०६ प्रतिशत र लगानी समूहमा ५.६६ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३८ कम्पनीका ६६ लाख ३९ हजार ५०४ कित्ता सेयर २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ रुपैयाँमा किनबेच भएका छन्। यो दिन सानिमा बैंकको संस्थापक सेयरको सर्वाधिक २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ११ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको ९ करोड १२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ८ करोड ४१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३४ लाख रुपैयाँ, अपी पावरको ५ करोड २४ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ५ करोड ८ लाख रुपैयाँ, नेष्डो समृद्धि लघुवित्तको ५ करोड ५ लाख रुपैयाँ, एचआईडीसीएलको ४ करोड ९६ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ४ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २७ वटा कम्पनीका सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। तीमध्ये १० वटा कम्पनीको सेयरभाउमा १० प्रतिशत तथा १७ वटा कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ।
यी हुन् १० प्रतिशतले सेयरभाउ बढेका कम्पनीहरु
नेसनल हाइड्रोपावर
बेस्ट फाइनान्स
श्री इन्भेस्टमेन्ट फाइनान्स
जानकी फाइनान्स
अरुण भ्याली हाइड्रोपावर
मञ्जुश्री फाइनान्स
खानीखोला हाइड्रोपावर
घलेम्दी हाइड्रोपावर
युनिभर्सल पावर
हिमाल दोलखा हाइड्रोपवार
यी हुन् १० प्रतिशतको हाराहारीमा सेयरभाउ बढेका कम्पनीहरु
जाल्पा सामुदायिक लघुवित्त
ग्रीन भेन्चर्स
पोखरा फाइनान्स
आँखुखोला जलविद्युत
नेपाल हाइड्रो
अरुण हाइड्रोपावर
सिंगटी हाइड्रो
युनाइटेड मोदी हाइड्रोपावर
पञ्चकन्या माई हाइड्रोपावर
कर्पोरेट डेभलपमेन्ट बैंक
गुडविल फाइनान्स
गुराँस लघुवित्त
दिव्यश्वरी हाइड्रोपावर
अपी पावर
अरुण काबेली पावर
गोर्खाज फाइनान्स
सबैको लघुवित्त
यो दिन माउन्ट हाइड्रो, जनरल इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, सीईडीबी हाइड्रोपावर, जोशी हाइड्रोपावर, सिनर्जी पावर, एचआईडीसीएल, कालिका पावर र प्रोग्रेसिभ फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। आज नेष्डो समृद्ध लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
अर्थ चाैतारी ।