logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • महालक्ष्मी विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई रोड डिभाइडर हस्तान्तरण

    महालक्ष्मी विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई रोड डिभाइडर हस्तान्तरण

    2.4K
    SHARES
    महालक्ष्मी विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई रोड डिभाइडर हस्तान्तरण

    काठमाण्डौ । महालक्ष्मी विकास बैंकको महाराजगन्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगन्जलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ।



    बैंकले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगन्जलाई ३० थान रोड डिभाइडर हस्तान्तरण गरेको हो। काठमाण्डौ महानगरपालिकामा चुनौतीका रुपमा रहेको ट्राफिक व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रोड डिभाइडर हस्तान्तरण गरिएको कुरा बैंकका महाराजगन्ज शाखाका प्रबन्धक पल्लभ श्रेष्ठले जानकारी गराए। कार्यक्रममा वृत्तका नायब निरीक्षक पुरुषोत्तम ढकालले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु महानगरभित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए।

    महानगरवरपर ट्राफिक व्यवस्थापनमा महानगरपालिकालाई सहजता होस् र दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने उद्देश्यले रोड डिभाइडर वितरण गरिएको बैंकले जनाएको छ। महालक्ष्मी विकास बैंकले देशभर फैलिएर रहेका १०३ शाखाबाट कोर बैंकिङका सेवामात्र नभई विभिन्न सामाजिक कार्यलाई प्रभावकारी रुपले सञ्चालन गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, ११ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट