logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • त्रिवि उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस

    त्रिवि उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस

    1.2K
    SHARES
    त्रिवि उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस

    काठमाण्डौ । सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीनजनाको नाम सिफारिस गरेको छ । शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले आइतबार तीनजनाको नाम सिफारिस गरेको हो।



     

    सूचीमा परेका १४ जना प्रतिस्पर्धीमध्ये समितिले अङ्कभार तथा मापदण्डका आधारमा क्रमशः चित्रबहादुर बुढाथोकी, केशरजङ्ग बराल र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको हो । शिक्षा मन्त्रालय सचिव तथा उपकुलपति सिफारिस समितिका सदस्य सुरेश अधिकारीका अनुसार प्राध्यापक, पिएचडी गरेको, अनुसन्धान गरेकोलगायत योग्यता र अनुभव हेरेर सिफारिस गरिएको हो ।

     

    यसै साताभित्र प्रधानमन्त्री तथा कुलपति प्रचण्डले उपकुलपति तोक्ने तयारी गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ७ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट