काठमाण्डौ । आज पनि ४ वटा प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको छ।
विभागका अनुसार हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ।
सोही कारण आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका थोरै तथा बाँकी प्रदेशका पहाडका १-२ ठाउँमा छिटफुटदेखि हल्का वर्षा हुने सम्भावना छ।
आज राति कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भेगका १-२ स्थानमा छिटफुटदेखि हल्का वर्षा हुने सम्भावना छ।
अर्थ चाैतारी ।