logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • एकै वर्षमा व्यापारघाटा ३ खर्बले बढ्यो

    एकै वर्षमा व्यापारघाटा ३ खर्बले बढ्यो

    3.2K
    SHARES
    एकै वर्षमा व्यापारघाटा ३ खर्बले बढ्यो

    काठमाण्डौ । नेपालले चालू आर्थिक वर्षको नौ महिनामा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ। गत आवको सोही अवधिमा भन्दा यो वर्ष नेपालको आयात ३१.९७ प्रतिशतले बढेको हो।



    भन्सार विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँको वस्तु आयात गरेको थियो। त्यस्तै यो वर्ष चैतसम्म नेपालको निर्यात पनि ६९.४४ प्रतिशतले बढेको छ। ताजा तथ्यांकअनुसार १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा नेपालले ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँको मात्र निर्यात भएको थियो। योसँगै नेपालको व्यापारघाटा पनि २८.४७ प्रतिशतले बढेको विभागले जनाएको छ।

    नौ महिनामा व्यापारघाटाको आकार १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार मात्र थियो। यो अवधिमा नेपालको वैदेशिक व्यापार पनि ३४.९१ प्रतिशतले बढेको छ। यो अवधिमा नेपालको यस्तो व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख ११ हजार रहेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो व्यापार १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख ६६ हजारको रहेको थियो।

    भन्सार विभागका अनुसार ९ महिनाको आयातनिर्यात अनुपात ९.१३ प्रतिशत रहेको छ। त्यस्तै कुल व्यापारमा निर्यातको हिस्सा ९.८७ प्रतिशत र आयातको हिस्सा ९०.१३ प्रतिशत रहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ९ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट