logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • सञ्चार मन्त्रालयले ब्यान्डवीथ भुक्तानीकाे लागि स्वीकृति दिएन,अन्तराष्ट्रिय सेवाप्रदायक कम्पनीहरुद्वारा ब्यान्डवीथ रोक्ने चेतावनी

    सञ्चार मन्त्रालयले ब्यान्डवीथ भुक्तानीकाे लागि स्वीकृति दिएन,अन्तराष्ट्रिय सेवाप्रदायक कम्पनीहरुद्वारा ब्यान्डवीथ रोक्ने चेतावनी

    2.2K
    SHARES
    सञ्चार मन्त्रालयले ब्यान्डवीथ भुक्तानीकाे लागि स्वीकृति दिएन,अन्तराष्ट्रिय सेवाप्रदायक कम्पनीहरुद्वारा ब्यान्डवीथ रोक्ने चेतावनी

    काठमाण्डाै । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले इनटरनेट व्यान्डवीथ आयात गर्न डलर भुक्तानीका लागि ६ महिनादेखि अनुमति नदिएको पाइएको छ । भारतका ठूलो नेटवर्क सर्भिस प्रोभाइडर कम्पनीहरु टाटा,ऐयरटेल,रिलायन्स लगाएतका कम्पनीहरुबाट नेपालमा ब्यान्डवीथ आयात बापतको भुक्तानीका लागि मन्त्रालयले सेवा प्रदायकहरुलाई अमेरिकी डलर भुक्तानीको सिफारिस दिएको छैन ।



    खासगरी सरकारले महालेखा परीक्षकको कार्यालयले औंल्याएको बेरुजु नतिरेको भन्दै इन्टरनेट सेवाप्रदायक कम्पनीहरुलाई डलर भुक्तानीको लागि सहजीकरण नगरेपछि नेपालमा ब्यान्डवीथ आयात रोकिने अवस्थामा पुगेको हो । भुक्तानी नभएपछि अन्तराष्ट्रिय सेवाप्रदायक कम्पनीहरुले ब्यान्डवीथ रोक्ने चेतावनी दिएका छन । खासगरी महालेखाको ५६ औँ प्रतिवेदनले सेवा प्रदायककाे मर्मत सम्भारको शुल्कमा समेत रोयल्टी लाग्ने र त्यस बापतको बक्यौता उठाउनु पर्ने औँल्याएको थियो ।

    २०७६ साल भदौ २६ बसेको नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समिति बैठकले इन्टरनेट सेवा प्रदायकले उपभोक्तासँग मर्मत सम्भार शुल्क बापत लिएको रकमको ४ प्रतिशत रोयल्टी तिर्नुपर्ने र २ प्रतिशत रकम ग्रामीण दूरसञ्चार कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेको थियो । अहिले सोही मुद्दालाई लिएर सञ्चार मन्त्रालयले इन्टरनेट सेवा प्रदायकलाई निशानामा पारेको हो । सेवाप्रदायकहरुका अनुसार सरकारले महालेखा परिक्षकको कार्यालयले उल्लेख गरेको आधारमा नेपालका इन्टरनेट सेवाप्रदायकले रोयल्टी,मर्मत सम्भार शुल्क लगाएतका बिषयमा सरकारलाई बुझाउनुपर्ने झण्डै तीन अर्ब बेरुजु रहेका देखाएको छ ।

    सोही बेरुजुको कारण देखाउँदै नेपाल भित्रने इन्टरनेट समेत रोकिने अवस्थामा पुगेको इन्टरनेट सेवाप्रदायक संघ आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताए ।‘यो सरकार र हामी बीचको टकरावले यो अवस्था आएको होइन’ पराजुलीले मेरोलगानीसँग भने ‘सञ्चार मन्त्रालय तथा महालेखा परिक्षकको कार्यालयवीच समन्वयको अभावका कारण इनटरनेट सेवाप्रदायक चेपुवामा परेको हो’ । उनका अनुसार महालेखाले मर्मत सम्भार शुल्कमा पनि रोयल्टी लाग्छ भनेर औँल्याएको भए पनि मर्मत शुल्कमा रोयल्टी लाग्दैन । ६ महिनादेखि मन्त्रालयले ब्यान्डवीथ भुक्तानीका लागी स्वीकृति नदिदाँ भारतका ब्यान्डवीथ सेवाप्रदायकले नेपालमा इन्टरनेट रोक्ने चेतावनी दिइरहेको सुधीर पराजुलीको भनाई छ ।

    हाल भारतीय सेवाप्रदायकलाई पत्र मार्फत मन्त्रालयले स्वीकृति नदिएको कारणसहित पत्र पठाइएको छ ‘पराजुलीले मेरोलगानीसँग भने‘मेरो सूचनामा दुई निकायबीच पत्र आदानप्रदान भइरहेको छ । थप केही समय स्वीकृति नदिने हो भने नेपाल आउने ब्यान्डवीथ रोकिन्छ,’ । सेवाप्रदायकले इन्टरनेट नै रोकिने भएपछि सञ्चार मन्त्रालयलाई बेरुजु तिर्न सुविधा दिनुपर्ने माग राखेका छन् भने सञ्चार मन्त्रालयले बेरुजु तिर्ने प्रतिवद्धतापछि मात्रै भुक्तानी स्वीकृति दिन सकिने अडान राखेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ११ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट