logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • नेपाल टेलिकमले सदर चिडियाखानाका जनाव र पन्छीका लागि आहारा प्रयोजन गर्ने

    नेपाल टेलिकमले सदर चिडियाखानाका जनाव र पन्छीका लागि आहारा प्रयोजन गर्ने

    4.1K
    SHARES
    नेपाल टेलिकमले सदर चिडियाखानाका जनाव र पन्छीका लागि आहारा प्रयोजन गर्ने

    काठमाण्डौ । नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीहरुका लागि १ वर्षसम्म आहाराको प्रायोजन गरेको छ।



    यससम्बन्धी सम्झौतापत्रमा आज नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखानाका तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन्। उक्त अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी र दुवै संस्थाका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

    कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो एउटा सुरुआत भएको बताइन्। कोषका सदस्य सचिव अधिकारीले धेरै पर्यटकहरुको उपस्थिति हुने सदर चिडियाखानामा नेपाल टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सदुपयोग गर्ने विश्वास दिलाए।

    सम्झौताअनुसार नेपाल टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि १ वर्षसम्म आहाराको व्यवस्थाका लागि रकम उपलब्ध गराउने छ। नेपाल टेलिकमले समय समयमा विभिन्न वर्ग तथा क्षेत्रलाई लक्षित गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, ११ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट