logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • सेयर बजारमा ३४.९५ अंकले ओरालो, २ अर्बकाे काराेबार

    सेयर बजारमा ३४.९५ अंकले ओरालो, २ अर्बकाे काराेबार

    3.4K
    SHARES
    सेयर बजारमा ३४.९५ अंकले ओरालो, २ अर्बकाे काराेबार
    काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
    आज बजार ३४.९५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २३८६.०१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स ६.१९ अंकले घटेर ४५४.६९ को विन्दुमा आर्लेको छ। सेयर किनबेच पनि २ अर्ब रुपैयाँमा सीमित बनेको छ।
    आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.८२ प्रतिशतले उकालो लागेको छ। आज होटेल तथा पर्यटन समूह ०.१३ प्रतिशतले बढेको छ।
    आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.२६ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह २.०४ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा १.०२ प्रतिशत, व्यापार समूहमा ०.४१ प्रतिशत, जलविद्युत समूहमा १.८७ प्रतिशत, वित्त समूहमा १.४७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.३७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९६ प्रतिशत, लघुवित्त समूहमा १.५७ प्रतिशत, जीवन बीमा समूहमा १.५३ प्रतिशत र लगानी समूहमा १.९६ प्रतिशतको गिरावट आएको छ।
    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्से सूचीकृतमध्ये २३९ कम्पनीका ५० लाख ४७ हजार ७६९ कित्ता सेयर २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँमा किनेबच भएका छन्।
    यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ८ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ६ करोड ६२ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ६ करोड ४३ लाख रुपैयाँ, अपी पावरको ५ करोड ६८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड ३८ लाख रुपैयाँ, नबिल बैंकको ५ करोड १९ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ४ करोड ८६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ४ करोड ७२ लाख रुपैयाँ, ग्रीन भेन्चर्सको ४ करोड ७० लाख रुपैयाँ र एचआईडीसीएलको ४ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
    धेरै कमाउने र धेरै गुमाउने
    आज जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन्। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीको वृद्धिसहित पोजिटिभ सर्किट लागेको छ। यो दिन सेन्ट्रल फाइनान्सका सेयरधनीहरु धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।


    अर्थ चाैतारी
  • सोमबार, १२ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट