logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • मुक्तिनाथको ‘बचत– शब्द छोटो, अर्थ मीठो’ जनचेतनामूलक भिडियो सार्वजनिक (भिडियोसहित)

    मुक्तिनाथको ‘बचत– शब्द छोटो, अर्थ मीठो’ जनचेतनामूलक भिडियो सार्वजनिक (भिडियोसहित)

    7K
    SHARES
    मुक्तिनाथको ‘बचत– शब्द छोटो, अर्थ मीठो’ जनचेतनामूलक भिडियो सार्वजनिक (भिडियोसहित)

    काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले बचतको बानी विकासमा जनसचेतना फैलाउने उद्देश्यले एउटा सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ।



    भिडियोमा आमा र छोरीको अभिनयमार्फत पैसा बचत गर्नेबारे सन्देश दिइएको छ। भिडियोमा सुरुआतमै विश्वासका साथ चालिएका स-साना कदमहरुले आफूहरुलाई ठूलठूला गन्तव्यतर्फ डोर्याउने गरिएको सन्देश दिइएको छ। भिडियोमा आमाले आउँदा पिढीलाई आत्मनिर्भर बनाउन यस्तै साना–साना कदमहरुमा विश्वास गर्न सिकाउने गरेको कुरा रोचक ढंगले प्रस्तुत गरिएको छ। आशा, अठोर र आत्मविश्वास नै ठूलाठूला उडाउन सहयात्री हुन सक्ने भनिएको छ।

    भिडियोमा आमाले छोरीलाई स्कुलबाट घर ल्याएँदै गरेकी हुन्छिन्। घर पुगेपछि छोरीले आमासँग पैसा माग्छिन्। आमाले खुसी साथ छोरीलाई केही पैसा दिन्छन्। छोरी उक्त पैसा खर्च गर्न नभई खुत्रुकेमा राख्नलाई मागेकी हुन्छिन् र लगेर राख्छिन् पनि।

    भिडियोको अन्त्यमा ‘बचत– शब्द छोटो, अर्थ मीठो’ भन्ने मूल्य सन्देश दिइएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट