logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • १२००ले बढ्यो सुन, चाँदीको भाउ स्थिर

    १२००ले बढ्यो सुन, चाँदीको भाउ स्थिर

    6.8K
    SHARES
    १२००ले बढ्यो सुन, चाँदीको भाउ स्थिर

    काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एकैदिन १ हजार २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ७०० रुपैयाँ कायम भएको छ।

    हिजो बिहीबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३२० रुपैयाँमा किनबेच भएको थियो।


    अर्थ चाैतारी
  • शुक्रबार, १६ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट