logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • नेपालमै पहिलोपटक खुल्यो क्यासलेस मेडिकल सेन्टर, उपचार सेवा लिएपछि भुक्तानी

    नेपालमै पहिलोपटक खुल्यो क्यासलेस मेडिकल सेन्टर, उपचार सेवा लिएपछि भुक्तानी

    533
    SHARES
    नेपालमै पहिलोपटक खुल्यो क्यासलेस मेडिकल सेन्टर, उपचार सेवा लिएपछि भुक्तानी

    काठमाण्डौ । नेपालमै पहिलोपटक सुरुमा उपचार सेवा लिएपछि मात्रै भुक्तानी गर्न मिल्ने गरी क्यासलेस मेडिकल सेन्टर सञ्चालनमा आएको छ। जसबाट सुरुमै रकम बोकेर जानुपर्ने बाध्यता हट्ने भएको हो ।



    सुरुको उपचार सेवालाई विशेष ध्यान दिँदै पहिले सेवा र त्यसपछि मात्र भुक्तानी भन्ने अवधारणा ल्याइएको सञ्चालक डा. विशाल ढकालले बताए। यस किसिमको सेवा नेपालमै र सम्भवत दक्षिण एशियामै पहिलोपटक हो। यस मेडिकल सेन्टरमा सुरुमा उपचार सेवा लिएपछि मात्र अन्तिममा बिल प्राप्त हुनेछ। जुन रकमको भुक्तानी कुनै पनि माध्यमबाट सोही महिनाको अन्तिममा तथा किस्ताबन्दीमा भुक्तानी गर्न सकिने कार्यविधि बनाइएको छ।

    मेडिकल सेन्टरको सुविधा लिन सुरुमा सदस्य बन्नुपर्नेछ। यस सेन्टरबाट सदस्य बनेपछि मात्र सेवा लिन सकिने भएकाले सुरुमा दर्ता हुनुपर्नेछ।

    यस सेन्टरमा क्रेडिट बेसमा सेवा लिन पाइनेछ। जहाँ डाक्टरहरुको अपोइन्टमेन्ट लिएरमात्र उपचार गर्न सकिनेछ।
    मेडप्रो इन्टरनेसनल प्रालिको सञ्चालनमा मेडप्रो इन्टरनेसनल मेडिकल सेन्टर राजधानीको धुम्बाराहीमा सञ्चालनमा आएको हो। जहाँ सुरुमा उपचार गरेर मात्र भुक्तानीको प्रक्रिया सुरु हुनेछ।

    यो पोलिक्लिनकल स्तरको मेडिकल सेन्टर रहेको छ। जसमा एक्सरे, अल्ट्रासाउन्ड, ल्याब्रोटरी सेवा, विशेषज्ञ डाक्टरहरुको परामर्श सेवाजस्ता सुविधा छन्। एकैस्थानबाट सबै किसिमका उपचार हुनेछन्। जसले घरमै पुगेर समेत उपचार सेवा गर्नेछ।

    अंग्रेजी नयाँ वर्ष २०२३ को उपलक्ष्यमा यस मेडिकल सेन्टरलाई सञ्चालनमा ल्याइएको हो। कम्पनीबाट सुरुमा रोग निदान गरेर सोहीअनुसारको सेवा प्रदान हुनेछ। यसमा सुगर, प्रेसर, मुटुरोगलगायतका दीर्घरोगीका साथै सबै किसिमका रोगको उपचार सेवा प्रदान हुनेछ। यसमा सेन्टरले विभिन्न किसिमका उपचार प्याकेज बनाएको छ। जसअन्तर्गत २४ घन्टा औषधी, ल्याब तथा चिकित्सक परामर्श सेवाको सुविधा हुनेछ।


    अर्थ चाैतारी
  • आइतबार, १७ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट