logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा फागुन २४ गतेदेखि

    चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा फागुन २४ गतेदेखि

    1.1K
    SHARES
    चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा फागुन २४ गतेदेखि

    काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगले यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा स्नातक तह अन्तर्गत अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन आह्वान गरेको हो ।



     

    यही पुस २४ देखि माघ २४ गतेसम्म अनलाइन आवेदन दिन सकिने आयोगले जनाएको छ । परीक्षा भने फागुन २४ गतेदेखि सञ्चालन हुनेछ । फागुन २४ गते एमबीबीएस कार्यक्रमको प्रवेश परीक्षा हुनेछ । फागुन २५ गते बीडीएस, फागुन २६ गते बिएस्सी नर्सिङ, फागुन २७ गते बीएएमएस, बिएन, बिएस्सी एमएलटी, बिएस्सी एमआईटी, बि फार्म लगायतका परीक्षा हुनेछन् भने फागुन २८ गते बिचिएचको परीक्षा हुनेछ ।

     

    प्रवेश परीक्षा सबै विषयको २०० पुर्णाङ्कको हुने र परीक्षा समायवधी ३ घण्टाको हुनेछ । एकभन्दा बढी कार्यक्रमका लागि आवेदन दिने उम्मेदवारहरूले परीक्षा तालिका बमोजिम एकै समयमा परीक्षा नजुध्ने गरी आवेदन दिन सकिने आयोगले जनाएको छ । परीक्षाका लागि आवेदन शुल्क नेपालीका लागि ४ हजार र विदेशीका लागि ८ हजार तोकिएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १८ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट