काठमाण्डौ । माछापुच्छ्रे बैंकका ग्राहकले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा विशेष छुट पाउने भएका छन्। दुई संस्थाबीच सोमबार व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो।
सम्झौतामा ब्लुबर्ड क्लिनिकका तर्फबाट मेनेजर जितेन्द्र करणजितले र माछापुच्छ्रे बैंकका तर्फबाट ब्रान्च मेनेजर बरुण अर्यालले हस्ताक्षर गरेका छन्।
योसँगै उक्त बैंकका ग्राहक र कर्मचारीले क्लिनिकका उपलब्ध सेवामा छुट दिनेछ। यसअनुसार बैंकका कार्डवाहकले क्लिनिकमा १० प्रतिशत छुट पाउनेछन् भने बैंकका कर्मचारीले १५ प्रतिशत छुट पाउनेछन्। क्लिनिकले विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।
अर्थ चाैतारी ।