logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • जाडोमा गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस

    जाडोमा गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस

    858
    SHARES
    जाडोमा गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस

    काठमाण्डौ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २० देखि २२ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।



     

    ‘जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले, हामीले यसमा ध्यान पुराउन अत्यन्त जरुरी हुन्छ’, कम्पनीले भनेको छ, ‘सुजुकी ग्राहकलाई यो विषयमा जानकारी गराउन र उहाँहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुन लागिएको हो ।’ सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस भौचर पनि जित्न सक्नेछन् ।

     

    सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी÷ हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाइने कम्पनीले जनाएको छ । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उहाँहरुले ५० प्रतिशत छुट पाइनेछ भने इन्जिन कुलिंग, एसी÷ हिटर सम्बन्धि पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट उपलब्ध हुनेछ । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र इन्जिन आयलमा ५ प्रतिशत छुट दिइने कम्पनीको भनाइ छ । सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट