काठमाण्डौ । चांगन अटो नेपालले नयाँ वर्ष २०२३ लाई लक्षित गरी ‘इन्ट्रेस्ट फ्री, दिस २०२३’ अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत चांगनको प्रिमियम सेडान ‘आल्सभीन’ लिन इच्छुक ग्राहकलाई २०२३ वर्ष भरि ० प्रतिशत ब्याज दरमा साधन उपलब्ध गराइने कम्पनीले जनाएको छ। साथै चांगनको प्रिमियम पिकअप ‘हन्टर’को बिक्री मूल्यमा ५ लाख सम्मको फाइदा दिने व्यवस्था रहेको पनि कम्पनीले जानकारी दिएको छ।
चांगन अटो, नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भएसँगै विभिन्न उत्कृष्ट अफरहरु उपलब्ध गराउँदै आइरहेको छ। चांगन अटो कम्पनीले चांगन गाडीका ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ। ग्राहकहरुले चांगनको नक्सालमा अवस्थित शो रुममा गई गाडीको अवलोकन गरि टेस्ट राइड गर्न सक्नेछन्।
यसका साथै वेबसाइट मार्फत बिस्तृत जानकारी लिनका साथ साथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सक्नेछन्। चांगन अटो सम्बन्धी सम्पूर्ण जानकारी चांगनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लगइन गरि प्राप्त गर्न सकिनेछ।
अर्थ चाैतारी ।