logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सोनी र होन्डाले ‘अफिला’ ब्रान्डका विद्युतीय कार ल्याउने, यस्ता हुनेछन् फिचर

    सोनी र होन्डाले ‘अफिला’ ब्रान्डका विद्युतीय कार ल्याउने, यस्ता हुनेछन् फिचर

    1K
    SHARES
    सोनी र होन्डाले ‘अफिला’ ब्रान्डका विद्युतीय कार ल्याउने, यस्ता हुनेछन् फिचर

    काठमाण्डौ । प्रविधि कम्पनीहरु सोनी र होन्डाले अफिला ब्रान्डका विद्युतीय कार बजारमा ल्याउने भएका छन्।



    कम्पनीहरुले आफ्नो कार ब्रान्डको नाम भर्खरै घोषणा गरेका हुन्। कन्जुमर इलेक्ट्रोनिक्स शोका दौडान सानी होन्डा मोबिलिटी (ज्वाइन्ट भेन्चर) का प्रमुख कार्यकारी यासुहिदे मिजुनोले कम्पनीको पहिलो कारको प्रोटोटाइपको खुलासा गरे।

     

    उक्त कार मध्यम आकारयुक्त सेडानजस्तो रहेको छ। उनले यसबारे थोरै मात्र जानकारी दिएको सीएनएनले जनाएको छ। यो कार सन् २०२५ मा मात्र किन्न पाइनेछ। उत्तर अमेरिकामा भने सन् २०२६ सम्म यो कार उपलब्ध हुनेछैन। होन्डाको एक कारखानामा उक्त कार उत्पादन हुनेछ।

     

    यो कारमा होन्डाबाट सुरक्षा र ड्राइभर असिस्टेन्स प्रणाली तथा सोनीबाट अन्तर्क्रियात्मक फिचरहरु समावेश हुनेछन्। जुन सफ्टवेयर भने युजर इन्टरफेस प्रविधिमा आधारित हुनेछ।


    अर्थ चाैतारी
  • विहिबार, २१ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट