logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • नर्भिक अस्पतालको एजीएमले लाभांश बढायो, अब ४२.१०५% वितरण गर्ने

    नर्भिक अस्पतालको एजीएमले लाभांश बढायो, अब ४२.१०५% वितरण गर्ने

    624
    SHARES
    नर्भिक अस्पतालको एजीएमले लाभांश बढायो, अब ४२.१०५% वितरण गर्ने

    काठमाण्डौ । आईपीओ निष्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिक इन्टरनेसनल हस्पिटलको साधारणसभाले लाभांश बढाएर पारित गरेको छ। थापाथलीस्थित बीएलसीको सभाकक्षमा शुक्रबार सम्पन्न दोस्रो साधारणसभाले सञ्चालक समितिबाट भएको प्रस्तावमा संशोधन गर्दै लाभांश केही बढाएर पारित गरेको हो।



     

     

    यसअघि सञ्चालक समितिले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरणको निर्णय गर्दै सोही प्रस्ताव साधारणसभामा लगेको थियो। सञ्चालक समितिले लगेको प्रस्तावअनुसार २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(करसहित) वितरण गरिने थियो। तर, साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

     

    साधारणसभाको उद्घाटन नर्भिक अस्पतालका संरक्षक बसन्त चौधरी र अस्पतालको सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए। हाल नर्भिक अस्पतालको चुक्तापुँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ। साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएसँगै अब चुक्तापुँजी बढेर २७ करोड रुपैयाँ पुगेको छ।

     

    साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८–७९, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गरेको छ। यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्नेलगायतका अजेण्डाहरु पनि पारित भएका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट