logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • कुमारी बैंक र स्पार्क हेल्थहोमबीच सहकार्य सम्झौता

    कुमारी बैंक र स्पार्क हेल्थहोमबीच सहकार्य सम्झौता

    715
    SHARES
    कुमारी बैंक र स्पार्क हेल्थहोमबीच सहकार्य सम्झौता

    काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ ।



     

    सो सम्झौतापत्रमा कुमारी बैंकका डिजिटल मार्केटिङ प्रमुख अर्पण पौडेल तथा स्पार्क हेल्थहोम प्राइभेट लिमिटेडका प्रबन्धनिर्देशक हरिशरण रिजालले हस्ताक्षर गरे ।

     

    यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले स्पार्क हेल्थहोम प्राइभेट लिमिटेडबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा उपचार खर्च तथा औषधि सेवाहरूमा १० प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

     

    आफ्ना देशव्यापी २९९ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४२ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदानगर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट