logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • पोखराको चाउथेमा फोर्स मोटर्सको अन्तर्राष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर सञ्चालनमा

    पोखराको चाउथेमा फोर्स मोटर्सको अन्तर्राष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर सञ्चालनमा

    494
    SHARES
    पोखराको चाउथेमा फोर्स मोटर्सको अन्तर्राष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर सञ्चालनमा

    काठमाण्डौ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकलाई बिक्रीपछिको आधुनिक सेवासुविधा तथा पार्टपुर्जाहरुको सेवा दिने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ।



     

    उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर थापा, फोर्स मोटर्सका अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयुक्त रुपमा रिबन काटी उद्घाटन गरेका थिए।

     

     

    यसअघि चाउथेमा सञ्चालित फोर्स मोर्टसको शोरुम सञ्चालनमा आइसकेको छ। फोर्सका ग्राहकले सर्भिस सेन्टरमा आएर अत्याधुनिक सेवासुविधासहित गाडी मर्मत गर्न सक्नेछन्। करिब ७ रोपनी जग्गामा सर्भिस सेन्टर फैलिएको छ। गाडी बिक्रीपछिको स्पेयर्स तथा सर्भिस सेन्टर एकै ठाउँबाट छिटो छरितो र आधुनिक सेवा दिने उद्देश्य राखिएको जानकारी उक्त आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक निरन केसीले जानकारी दिए।

     

    विगत ८ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टलले नेपालमा फोर्स ब्रान्डका गाडीहरु आयात तथा बिक्रीवितरण गर्दै आइरहेको छ। फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जिप बिक्रीवितरण गर्दै आइरहेको छ। यसका साथै फोर्सका पिकअप भ्यान, स्कुल बस, माइक्रो बस तथा उच्चस्तरीय एम्बुलेन्स पनि नेपाली बजारमा लोकप्रिय छन्।

     

    काठमाण्डौको गैरीधारामा तथा इटहरीमा आफ्नै शाखा रहेको छ। देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सको बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आइरहेको छ। यस आयाम इन्टरकन्टिनेन्टलले फोर्स मोटर्सका नयाँ मोडलका बस तथा जिपहरुसमेत नेपाली बजारमा छिट्टै ल्याउन लागेको छ भने केही समय अघिमात्रै गुर्खा जिप नेपाली बजारमा ल्याएको थियो।


    अर्थ चाैतारी
  • सोमबार, ९ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट