logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • हिमालयन बैंकको वार्षिकोत्सवमा निःशुल्क आँखा परीक्षण शिविर र रक्तदान कार्यक्रम

    हिमालयन बैंकको वार्षिकोत्सवमा निःशुल्क आँखा परीक्षण शिविर र रक्तदान कार्यक्रम

    1K
    SHARES
    हिमालयन बैंकको वार्षिकोत्सवमा निःशुल्क आँखा परीक्षण शिविर र रक्तदान कार्यक्रम

    काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले बैंकको ३० औँ वार्षिकोत्सवका अवसरमा नेत्रधाम फाउण्डसनको सहकार्यमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित माछापुच्छ्रे स्वास्थ्यचौकीमा निःशुल्क आँखा परीक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय कमलादीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।



     

     

    डा. सन्यम बजिमयको नेतृत्वको टोलीले नेत्रधाम फाउन्डसनको सहकार्य तथा हिमालयन बैंकको आर्थिक सहयोगमा गत माघ ४ गतेदेखि माघ ६ गते निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको हो। तीनदिने शिविरमा माछापुच्छ्रे गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परीक्षण गराए भने २६ जनाले निःशुल्क मोतियाविन्दु र जलविन्दुको शल्यक्रिया गराई लाभ लिएका थिए।

     

     

    यसैगरी ‘रक्तदान–जीवनदान’ भन्ने मूल मन्त्रलाई मनन् गर्दै बैंकले कर्मचारी संगठनको समन्वयमा गत माघ ७ गते शनिबारको दिन कमलादीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न गरेको रक्तदान कार्यक्रममा उपत्यकाभित्र र बाहिर गरी २०० जनाभन्दा बढी कर्मचारीको उपस्थिति थियो भने करिब १०० जनाले रक्तदान गरका थिए।


    अर्थ चाैतारी
  • बुधबार, ११ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट