logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा

    धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा

    832
    SHARES
    धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा

    काठमाण्डौ । हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधा आफ्ना ग्राहकमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। कैलाली गेटास्थित नयाँ शाखा धनगढी–१३ मोहनपुरमा खुलेको हो। धनगढी शाखामा कम्पनीको ‘थ्री एस’ सेवाअन्तर्गत सेल्स, सर्भिस र स्पेयर पाटपूर्जासम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सकिनेछ।



     

    शाखा विस्तारसँगै नेपालको सर्वाधिक बिक्री हुने हुन्डाइको एक्स्काभेटर, चट्टान तथा अरु हेभी पद्धार्थ फुटाउनका लगि ‘जिसुङ र रामर’ ब्रान्डका हाइड्रोलिक रक ब्रेकरहरुका साथै विश्वको नम्बर एक ‘एमबी बकेट क्रसर’ पनि त्यहाँबाट सहज रुपमा खरिद गर्न सकिनेछ। यससँगै निर्माण व्यवसायी तथा इक्विप्मन्ट अपरेटरहरुले भरपर्दो हेभी इक्विप्मन्ट किन्न टाढा गइरहनुपर्ने छैन। साथै, हेभी इक्विप्मन्टको मर्मत तथा पार्टपुर्जा पनि धनगढी शाखाबाटै सहज रुपमा प्राप्त गर्न सकिने छ।

     

    हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट, नेपालको हेभी निर्माण उपकरण बजारमा महत्वपूर्ण हिस्सा ओगटेको कम्पनी हो। कम्पनीले उच्च पफर्मेन्स गर्ने ‘नेपालको नम्बर १ एक्स्काभेटर’ को बिक्री वितरण गर्दछ। हुन्डाई कन्स्ट्रक्सन इक्विप्मेन्टका उपकरण लामो समयदेखि निर्माण, युटिलिटी, उत्खनन एवं खानी उद्योगहरुका लागि प्रमुख इक्विप्मन्टका रुपमा रहँदै आएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट