logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा विशेष छुट

    माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा विशेष छुट

    598
    SHARES
    माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा विशेष छुट

    काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र फ्रन्टलाइन अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।



     

    सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले फ्रन्टलाइन अस्पतालमार्फत स्वास्थ्यसम्बन्धी सुविधा लिँदा बढीमा १३% सम्म छुट पाउनेछन्। जसअन्तर्गत फ्रन्टलाइन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु ओपीडी, वेड तथा सर्जरी, ल्याबलगायतका अन्य सेवाहरुको शुल्कमा न्यूनतम ५% देखि बढीमा १३% सम्म छुट प्राप्त गर्नेछन्।

     

    उक्त संस्थाले हाल पुरानो बानेश्वरबाट सेवा प्रदान गर्दै आइरहेको छ। बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्। माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ। यस प्रकारको सम्झौताले गर्दा ग्राहकलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आइरहेको छ।

     

    माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०६ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • विहिबार, १९ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट