logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • पारस खड्का बने हेल्थ एट होमको सद्भावना दूत

    पारस खड्का बने हेल्थ एट होमको सद्भावना दूत

    624
    SHARES
    पारस खड्का बने हेल्थ एट होमको सद्भावना दूत

    काठमाण्डौ । नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का हेल्थ एट होम/मेड प्रो. इन्टरनेशनलको सद्भावना दूतका रूपमा आबद्ध बनेका छन् ।



    खड्कालाई हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले सद्भावना दूतका रूपमा आबद्ध गराएका हुन् । हेल्थ एट होमले कोभिडको समयमा पनि पारस खड्कासँग सहकार्य गरेको थियो ।

     

    सद्भावना दूतका रूपमा आबद्ध गराइसकेपछि हेल्थ एट होमका संस्थापक विशाल ढकालले भने, “हामी उहाँको समर्थन प्राप्त गर्न पाउँदा भाग्यशाली ठानेका छौँ । जब मैले सोधेँ की, यदि उहाँले हाम्रो लागि प्रशंसा र प्रवर्द्धन गर्न सक्नुहुन्छ ? उहाँ आफै आएर हाम्रो कामको समर्थन गर्नुभयो र हाम्रो टिमको लागि समय उपलब्ध गराइदिनुभयो । पारसले पारिश्रमिक वा बिना सम्झौता हाम्रो सद्भावना दूतको रूपमा यो भूमिका लिनुभएको छ । उहाँ दयालु र नम्र हुनुहुन्छ ।”


    अर्थ चाैतारी
  • विहिबार, २६ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट