logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिकका शिक्षकसरह तलब सुविधा दिन बालेनको निर्देशन

    संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिकका शिक्षकसरह तलब सुविधा दिन बालेनको निर्देशन

    962
    SHARES
    संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिकका शिक्षकसरह तलब सुविधा दिन बालेनको निर्देशन

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले सामुदायिक विद्यालयका शिक्षकहरुले पाउने तलब सुविधासरह शिक्षकहरुलाई उपलब्ध गराउन संस्थागत विद्यालयहरुलाई निर्देशन दिएका छन्।



     

    मेयर साहले आफ्नो फेसबुक स्ट्याटसमा आज एक सूचना जारी गर्दै काठमाण्डौ महानगर क्षेत्रका संस्थागत विद्यालयहरुलाई यस्तो निर्देशन दिएका हुन्। ‘काठमाण्डौ महानगरपालिकामा संस्थागत (निजी) विद्यालयको शिक्षकको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ’, उनले लेखेका छन्, ‘तर, शिक्षा ऐन, २०२८ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ।’

     

    यस्तै काठमाण्डौ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदानलगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानुनमा तोकिएबमोजिम हुने उल्लेख रहेको साहले जनाएका छन्। ‘सोहीबमोजिम काठमाण्डौ महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकले प्राप्त गर्ने तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाण्डौ महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयलाई सूचित गरिन्छ’, बालेनले लेखका छन्। नियमअनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाण्डौ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न पनि बालेनले आग्रह गरेका छन्।


    अर्थ चाैतारी
  • विहिबार, १४ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट