काठमाण्डौ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा आवेदन माग गरेको छ ।
आज सूचना निकालेर आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको हो ।
आजैदेखि अनलाइनबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।
अर्थ चाैतारी ।