images

सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयरको बाँडफाँड सम्पन्न

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको ४६ लाख कित्ता बढी सेयरको बाँडफाँड गरेको छ ।

गत चैत १२ गतेदेखि २० गतेसम्म बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको ४६ लाख ११ हजार ५३९ कित्ता अवितरिक हकप्रद सेयर चैत ३० गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।

images

उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र चैत २७ गते खोलिएको थियो । बाँडफाँडको अन्तिम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ रहेको थियो । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार उक्त मूल्यमा बोलपत्र पेस गर्नेको हकमा सापेक्षित भारअनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको छ ।

आवेदकहरूको बाँडफाँडमा नपरेको सेयरबापतको रकम आजदेखि आवेदकले उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत जम्मा गरिने कम्पनीले जनाएको छ ।

images