images

एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण

काठमाण्डौ । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले एयरलाइन्सको ज्यादतीबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको ध्यानाकर्षण गराएको छ। मञ्चका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर तामाङको नेतृत्वमा गएको टोलीले मन्त्री तामाङलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

 

images

मञ्चका महासचिव एवं नेकपा माओवादी केन्द्रका उद्यमी व्यवसायी महाशाखाका उपाध्यक्ष कुन्छा दोर्जे डिम्दोङ्गले हवाई जहाज कम्पनीहरूले गरिरहेको ज्यादतीप्रति ध्यानाकर्षण गरिएको बताए । एयरलाइन्सहरूले अहिले एक्कासि भाडा दर दोब्बर गर्नुका साथै ४–५ घण्टाको उडानमा एयरलाइन्सले पानी समेत नदिने गरेको बताए।

वार्षिक १२ खर्ब रेमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्र चलायमान गर्ने नेपालीहरूप्रति एयरलाइन्सले देख दिने गरेको तर, दोष भने मेनपावर व्यवसायीले पाउने गरेको उनको भनाइ छ। मन्त्री तामाङले समस्याप्रति आफू गम्भीर रहेको भन्दै त्यसको समाधान गरिने बताएका थिए। समस्या गम्भीर खालको देखिएको भन्दै उनले ती समस्या समाधानका लागि सरकार अघि बढ्ने बताए।

images