images

प्रभु महालक्ष्मी लाइफको विलम्ब शुल्कमा ७५ प्रतिशत छुट

काठमाण्डौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले व्यतित भएका बीमालेखहरू नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

कम्पनीबाट जारी भएको बीमालेखहरू ९समुन्नती जीवन बीमा योजना बाहेक० तोकिएको प्रक्रिया पुरा गरी आज ९वैशाख २३ गते० देखि ३१ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्कमा ७५ प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ ।

images

साथै, यस योजनामा समावेश भएर नवीकरण भएका बीमालेखहरू नवीकरण भएको दुई वर्षभित्र समर्पण हुन आएमा दिइएको छुट कट्टा गरिने, पहिले नै छुट सुविधा प्राप्त गरेकालाई यो योजना लागु नहुने र यस्तो सुविधा बीमा अवधिभर एकपटक मात्र पाइने कम्पनीले बताएको छ ।

images