images

बेलायत पठाइदिने भन्दै ३४ लाख भन्दा धेरै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाण्डौ । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार तीन सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

images

रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै योगेशले ठगी गरेको उजुरीका आधारमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।

उनी किरात राई यायोख्या बेलायतका अध्यक्ष साथै बेलायतमा रहेका नेपाली सुनचाँदी व्यवसायीको सङ्गठनका पनि अध्यक्ष हुन् ।

images