भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख बनाउन लागिएका बताएका छन् ।
भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले भने, ‘स्वास्थ्य बीमामा पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।’ उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
बीमा रकम पाँच लाख बनायन र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको भनाइ छ ।
अर्थ चाैतारी ।