logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • फर्जी बिलमार्फत ७ लाखभन्दा बढी भ्रष्टाचार, अख्तियारले विशेष अदालतमा दायर गर्‍यो मुद्दा

    फर्जी बिलमार्फत ७ लाखभन्दा बढी भ्रष्टाचार, अख्तियारले विशेष अदालतमा दायर गर्‍यो मुद्दा

    650
    SHARES
    फर्जी बिलमार्फत ७ लाखभन्दा बढी भ्रष्टाचार, अख्तियारले विशेष अदालतमा दायर गर्‍यो मुद्दा

    काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ स्थित कृषि बाटो निर्माणमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।



     

    अख्तियारले तत्कालीन प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, वडा नम्बर ६ का अध्यक्ष श्यामबाबुर साह, पालिकाका इन्जिनियर उपेन्द्रप्रसाद साहसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

     

    प्रतिवादीमा प्रशासकीय अधिकृत साह, वडाध्यक्ष साह, सहायक पाँचौं मोहम्मद रिफक, सबइन्जिनियर शशिरञ्जनकुमार सिंह, लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू र कोषाध्यक्ष सुरतीय कुमारी परेका छन् ।

     

    अख्तियारका अनुसार आर्थिक वर्ष २०८०/८१ मा कृषि बाटो निर्माण कार्य प्राविधिक इष्टिमेटअनुसार नगरी मिलेमतोमा अनियमितता गरिएको छ । नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा वास्तविकभन्दा बढी काम देखाइएको, झुट्टा बिल तयार गरी सात लाख ७९ हजार २०५ रुपैयाँ भुक्तानी दिइ रकम हिनामिना गरिएको छ ।

    यस घोटालासम्बन्धी निष्कर्षसहित अख्तियारले प्रतिवादीहरूमाथि जनही सात लाख ७९ हजार २०५ रुपैयाँ बिगो असुल उपर कैद सजाय माग गर्दै विशेष अदालतमा अभियोग दायर गरेको जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १४ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट