logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • तुलसी सहकारीको डेढ अर्ब हिनामिनामा केदारनाथ शर्मा सहित ३ जना दोषी ठहर, बिहीबार सजाय तोकिने

    तुलसी सहकारीको डेढ अर्ब हिनामिनामा केदारनाथ शर्मा सहित ३ जना दोषी ठहर, बिहीबार सजाय तोकिने

    572
    SHARES
    तुलसी सहकारीको डेढ अर्ब हिनामिनामा केदारनाथ शर्मा सहित ३ जना दोषी ठहर, बिहीबार सजाय तोकिने

    काठमाण्डौ । सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा तुलसी बहुमुखी सहकारी संस्थाको अध्यक्ष केदारनाथ शर्मा सहित ३ जना दोषी ठकर भएका छन् ।



     

    मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहि झापा, मोरङ, सिराहा, उदयपुर लगायत जिल्लामा शाखा विस्तार गरी सर्वसाधारणबाट संकलन गरेको बचत दुरुपयोग गरेको आरोप शर्मामाथि लागेको थियो ।

    जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरी दिएको राय सहितको प्रतिवेदनको आधारमा जिल्ला सहकारी वकिलको कार्यालय मोरङले सहकारीका अध्यक्ष शर्मा र सचिव सविना न्यौपाने सहित ८ जनाविरुद्ध मुद्दा जिल्ला अदालत मोरङमा दर्ता गरेको थियो । गत आइतबार न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले अध्यक्ष केदारनाथ शर्मा, सचिव सविना न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई दोसी ठहर गरेको हो ।

     

    जिल्ला अदालत मोरङले दोसी ठहर गरे पनि सजाय निर्धारणको लागि अर्को इजलासमा पेश गर्न आदेश दिएको छ । बिहीबार सजाय निर्धारणको लागि पेशी तोकिएको जिल्ला अदालतको सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए ।

     

    विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहा शाखा कार्यालय खोलेर सर्वसाधारणबाट संकलन गरेको करिब डेढ अर्ब अपचलन गरेका थिए । जिल्ला अदालतले सहकारीका सञ्चालकहरू आदित्य भट्टराई, उपाध्यक्ष अनिता गौतम र निर्मला पोखरेललाई भने सफाइ दिएको छ ।

     

    सहकारीका सञ्चालकहरु बन्टी अधिकारी र छविलाल विश्वकर्माको भने मुल्तबीमा राखिएको जिल्ला अदालत मोरङले जनाएको छ । उनिहरु फरार रहेकोले अहिलेलाई मुल्तबीमा राखिको हो ।

     

    केन्द्रीय कार्यालय विराटनगर र दमक, गाईघाट, गोलबजार शाखा कार्यालय मार्फत २१ हजार १ सय ५४ जना बचतकर्ताको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत अपचलन आरोपमा अध्यक्ष शर्मासहित ८ जनाविरुद्ध २०७९ चैत १२ गते मोरङ अदालतमा मुद्दा दायर भएको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, २१ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट