logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • अब आईपीओ बाँडफाँड एक दिन छिटो हुने

    अब आईपीओ बाँडफाँड एक दिन छिटो हुने

    806
    SHARES
    अब आईपीओ बाँडफाँड एक दिन छिटो हुने

    काठमाण्डौ । अब अहिलेको तुलनामा आईपीओ बाँडफाँड एक दिन छिटो हुने भएको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकामा नवौं संशोधन गर्दै आईपीओ बाँडफाँड एक दिन छिटो हुन सक्ने व्यवस्था गरेको हो।



     

    बोर्डले निर्देशिका संशोधन गर्दै आईपीओ बाँडफाँडको लागि तयार गरिएको तालिका निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्रको बाँडफाँड गर्नु भन्दा कम्तीमा दुई कार्य दिन अघि बोर्डमा पेश गर्नु पर्ने व्यवस्था गरेको हो। हाल धितोपत्रको बाँडफाँड गर्नु भन्दा कम्तीमा तीन कार्य दिन अघि बोर्डमा यस्तो विवरण पेश गर्नु पर्ने व्यवस्था छ ।

     

    हाल आईपीओको प्रि अलोटमेन्ट गरेर धितोपत्र बोर्डमा कम्तिमा ३ दिन अगाडी बाँडफाँडको तालिका पठाउनु पर्ने व्यवस्था छ । हालसम्म प्रि अलोटमेन्ट भएको ३ दिनपछि आईपीओ बाँडफाँड हुन्थ्यो । अब भने प्रि अलोटमेन्ट भएको २ दिनपछि आईपीओ बाँडफाँड गर्न सकिने भएको हो। यसले आईपीओ बाँडफाँड साविकको तुलनामा १ दिन छिटो हुने भएको हो।

    नयाँ व्यवस्था साउन १ गतेदेखि लागु हुने छ ।

     


    अर्थ चाैतारी
  • सोमबार, २३ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट