logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सेयर बजारमा ३२ अङ्कको गिरावट

    सेयर बजारमा ३२ अङ्कको गिरावट

    429
    SHARES
    सेयर बजारमा ३२ अङ्कको गिरावट

    काठमाण्डौ । मौद्रिक नीतिपछिको सेयर बजार दोस्रो दिन घटेर बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ३५.०९ अङ्कले घटेर २७२५.७१ अङ्कमा झरेको हो । बजारमा आज ८ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।



     

    बजारमा आज कारोबार भएका कम्पनीमध्ये ९८ कम्पनीको मूल्य बढ्दा १५० कम्पनीको मूल्य घटेको छ । बजारमा आज हाइड्रोपावर समूह बाहेक सबै परिसूचकमा गिरावट देखिएको छ ।

     

    सबैभन्दा धेरै गिरावट बैंकिङ समूहको २.३५ प्रतिशत भयो । विकास बैंक, फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स तथा अन्य समूहका परिसूचक समेत १ प्रतिशत भन्दा धेरैको गिरावट आएको छ ।

     

    आइतबार बजारमा बैंकिङ, विकास बैंक, वित्त कम्पनी र माइक्रोफाइनान्सका कारण बजार बढेको थियो । ती समूहका लगानीकर्ताले प्रोफिट बुक गर्न थाल्दा बजारले करेक्सनको बाटो देखिएको छ । आज बजारमा अधिकांश कम्पनीको सेयरको मागभन्दा बढी आपूर्ति थियो ।

     

    बजार घटे पनि आज कुनै पनि कम्पनीमा नकारात्मक वा सकारात्मक सर्किट लागेनन् । बजारमा आज एनआरएन इन्फास्ट्रक्चरको ४० करोड ८८ लाख तथा बुटवल पावर कम्पनीको ३९ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार सङ्ख्याका आधारमा आज कुमारी बैंक सबैभन्दा अगाडि रह्यो ।


    अर्थ चाैतारी
  • सोमबार, ३० असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट