logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सेयर बजारमा ३४ अङ्कको वृद्धि, कारोबार ९ अर्ब ४१ करोड

    सेयर बजारमा ३४ अङ्कको वृद्धि, कारोबार ९ अर्ब ४१ करोड

    442
    SHARES
    सेयर बजारमा ३४ अङ्कको वृद्धि, कारोबार ९ अर्ब ४१ करोड

    काठमाण्डौ । साताको कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उत्साहजनक वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.४६ अङ्कले बढेर २७६०.१७ को विन्दुमा पुगेको हो । आज बजारमा ९ अर्ब ४१ करोड १९ लाखको कारोबार भएको छ।



    आज अधिकांश कम्पनीको सेयर मूल्य बढेका छन् । आज कारोबारमा आएकामध्ये २०९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३९ वटा कम्पनीको मात्र घटेको छ । आज सबै समूहगत परिसूचकमा वृद्धि हुँदा सात वटा समूहका एक प्रतिशतभन्दा धेरै र बाँकीमा सोभन्दा कमको वृद्धि रहेको थियो ।

     

    बजारमा बढे पनि आज कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेन । सुपर मादी हाइड्रोपावरको मूल्य सर्वाधिक ८।०८ प्रतिशतले बढ्यो ।

     

    कारोबार रकमका आधारमा आज बुटवल पावर कम्पनी सबैभन्दा अगाडि रह्यो । उक्त कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ३१ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट