काठमाण्डौ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालू आर्थिक वर्ष २०८२/०८३ मा सरकारद्वारा उठाइने आन्तरिक ऋणको विस्तृत तालिका सार्वजनिक गरेको छ। सो तालिकामा प्रथम, द्वितीय र तृतीय चौमासिक अवधिमा विभिन्न अवधिका विकास ऋणपत्रहरू बोलकबोल प्रक्रियामार्फत निष्कासन गरिने उल्लेख छ।
कार्यालयका अनुसार साउनदेखि असोजसम्मका विभिन्न मितिमा ३ वर्षदेखि ११ वर्षसम्मको भुक्तानी अवधि भएका ऋणपत्रहरू जारी गरी कूल १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण संकलन गरिनेछ।
पहिलो चौमासिक (साउन–भदौ) मा हुने कार्यक्रमः
साउन ७ गते: ३ वर्षे ऋणपत्रको बोलकबोल
साउन ८ गते: सोही ऋणपत्रको निष्कासन
साउन १४–१५ गते: ४ वर्षे ऋणपत्र
साउन २१–२२ गते: ११ वर्षे ऋणपत्र
साउन २८–२९ गते: ८ वर्षे ऋणपत्र
भदौ ४–५ गते: १० वर्षे ऋणपत्र
भदौ ११–१२ गते: पुनः ३ वर्षे ऋणपत्र
भदौ १८–१९ गते: ९ वर्षे ऋणपत्र
भदौ २५–२६ गते: ६ वर्षे ऋणपत्र
तेस्रो चौमासिक (असोज) मा हुने कार्यक्रमः
असोज १–२ गते: ११ वर्षे ऋणपत्र
असोज २२–२३ गते: ७ वर्षे ऋणपत्र
असोज २९–३० गते: ५ वर्षे ऋणपत्र
सरकारले यी ऋणपत्रहरू नेपाल राष्ट्र बैंकमार्फत बोलकबोल प्रणालीद्वारा निष्कासन गर्नेछ। आन्तरिक ऋण संकलनमार्फत सरकारले विकास खर्चको व्यवस्थापन र वित्तीय स्रोत सन्तुलनमा सहयोग पुग्ने विश्वास लिइएको छ।
सार्वजनिक गरिएको तालिकाले ऋण व्यवस्थापन प्रक्रियामा पारदर्शिता र निश्चितता ल्याउने अपेक्षा गरिएको छ।
अर्थ चाैतारी ।