logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सपोर्ट लघुवित्तको नाफामा १४०.६३ प्रतिशत उछाल, खराब कर्जा पनि घट्यो

    सपोर्ट लघुवित्तको नाफामा १४०.६३ प्रतिशत उछाल, खराब कर्जा पनि घट्यो

    442
    SHARES
    सपोर्ट लघुवित्तको नाफामा १४०.६३ प्रतिशत उछाल, खराब कर्जा पनि घट्यो

    काठमाण्डाै । सपोर्ट लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १४०.६३ प्रतिशत बढेर ५ करोड ११ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष लघुवित्तले २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा बैंकको खराब कर्जा भने घटेको छ । अघिल्लो वर्ष १.८२ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ०.२४ प्रतिशत घटेर १.५८ प्रतिशतमा झरेको छ । खराब कर्जा घटेसँगै लघुवित्तको नाफा बढ्न पुगेको हो ।



     

    समीक्षा वर्षमा लघुवित्तको खुद ब्याज आम्दानी ६२.९७ प्रतिशत बढेर १३ करोड ५२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ८ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष लघुवित्तको कुल सञ्चालन आम्दानी ५५.६८ प्रतिशत बढेर १६ करोड ४२ लाख रुपैयाँ र सञ्चालन नाफा २०९.५९ प्रतिशत बढेर ७ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

     

    गत वर्ष लघुवित्तको चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ र जगेडा कोष १४२.५० प्रतिशत बढेर ८ करोड ५२ लाख रुपैयाँ रहेको छ । गत वर्ष लघुवित्तको सापटी ५.२७ प्रतिशत बढेर १ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ, निक्षेप ३२.२० प्रतिशत बढेर ४६ करोड १५ लाखअ रुपैयाँ र कर्जा लगानी १५.६७ प्रतिशत बढेर १ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ गरेको छ ।

     

    नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी २४.४४ रुपैयाँ बढेर ४१.८१ रुपैयाँ पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ५५.२२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९.६२ रुपैयाँ रहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ८ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट