काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा दोब्बरले बढाएको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १०४.७१ प्रतिशतले बढी हो।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि दोब्बरले वृद्धि भएको छ। अघिल्लो वर्ष ९.२१ रुपैयाँ रहेको EPS हाल १८.८५ रुपैयाँ पुगेको छ।
कम्पनीको वितरणयोग्य नाफा (लाभांश क्षमता) पनि ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ४ करोड ९१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा थियो।
इन्फिनिटी लघुवित्तको कुल चुक्ता पूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीले ५ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
खराब कर्जामा समेत सुधार आएको छ। अघिल्लो वर्ष १०.१९ प्रतिशत रहेको खराब कर्जा घटेर ७.४३ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५६.६५ रुपैयाँ रहेको छ।
अर्थ चाैतारी ।