logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • घाटाबाट नाफामा फर्कियो हिमालयन लघुवित्त, २०% लाभांश दिन सक्ने हैसियतमा

    घाटाबाट नाफामा फर्कियो हिमालयन लघुवित्त, २०% लाभांश दिन सक्ने हैसियतमा

    923
    SHARES
    घाटाबाट नाफामा फर्कियो हिमालयन लघुवित्त, २०% लाभांश दिन सक्ने हैसियतमा

    काठमाण्डौ। अघिल्लो वर्ष घाटामा गएको हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड यो वर्ष नाफामा फर्किएको छ। संस्थाले आर्थिक वर्ष २०८१/८२ मा ९ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जबकि अघिल्लो वर्ष २० लाख रुपैयाँभन्दा बढी घाटामा थियो।



    वित्तीय विवरण अनुसार संस्थाको वितरणयोग्य मुनाफा ६ करोड ३१ लाख रुपैयाँ पुगेको छ भने लगभग १९.७६% लाभांश दिन सक्ने क्षमता बनाएको छ।

    समीक्षा अवधिमा संस्थाको ब्याज आम्दानी ५८.५०% ले बढेर ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा पनि १३ करोड रुपैयाँ नाघेको छ।

    अघिल्लो वर्ष ऋणात्मक रहेको रिटेन्ड अर्निङ्स यो वर्ष ६ करोड ३१ लाखमा पुगेको छ। त्यस्तै, रिजर्भ कोष पनि बढेर ११ करोड ९२ लाख पुगेको छ।

    कम्पनीले ३ अर्ब ८२ करोड रुपैयाँ सापटी लिएर ४ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। तर, खराब कर्जा (एनपीएल) बढेर ५.३३% मा पुगेको छ, जुन अघिल्लो वर्ष ३.४९% मात्र थियो।

    यो वर्ष कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) २८.७० रुपैयाँ पुगेको छ भने पीई रेसियो ३५.३८ र प्रतिशेयर नेटवर्थ १४८.१६ रुपैयाँ रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, १४ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट