काठमाण्डौ । आरम्भ चौतारी लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ९ करोड ४४ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा १७ हजार प्रतिशतभन्दा धेरैले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६ लाख ८० हजार रुपैयाँ मात्रै थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३१.८९ प्रतिशतले बढेर ३७ करोड २ लाख पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी पनि ३१.९२ प्रतिशतले बढेर ४२ करोड ९९ लाख पुगेको छ। कम्पनीको संचालन नाफा ९३६ प्रतिशतले बढेर १३ करोड ४८ लाख रहेको छ । यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि छुट्टाएको २ करोड ३८ लाख रकम रिभर्स गरेको छ। कम्पनीको वितरणयोय मुनाफा ५ करोड २१ लाख रहेको छ ।
३६ करोड ७१ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा १५ करोड ४१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ०.१९ रुपैयाँबाट बढेर २५.७२ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १५६.१८ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा २.१३ प्रतिशत रहेको छ।
अर्थ चाैतारी ।