logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सेयरबजारमा ६३.७३ अंकले घट्याे,  १३ अर्बको कारोबार

    सेयरबजारमा ६३.७३ अंकले घट्याे,  १३ अर्बको कारोबार

    585
    SHARES
    सेयरबजारमा ६३.७३ अंकले घट्याे,  १३ अर्बको कारोबार

    काठमाण्डौ । सेयरबजारमा एक वर्ष अगाडिकै प्रवृत्ति दोहोरिएको छ। गत वर्ष साउन ३१ गते ३ हजार माथि पुगेपनि सूचक टिक्न नसक्दा भोलिपल्टैबाट निरन्तर ओरालो लागेको थियो। अहिले पनि गत वर्षकै प्रवृत्ति दोहोरिँदै नेप्सेले पुनः ३ हजार माथि पुगेर पनि टिक्न नसकेको हो। मंगलबार ३०२८ अंकमा उक्लिएको नेप्से बुधबार बिहीबार र आइतबार निरन्तर ओरालो लागेको हो।



     

    आइतबार एकै दिन ६३.७३ अंकले घटेर नेप्से २८५८.९० अंकमा आइपुगेको हो। बुधबार ४७ अंकले घटेको नेप्से बिहीबार ३१ अंकले घटेपनि लगानीकर्तामा नेप्सेको करेक्सन सकिने आशा थियो। तर आइतबारको बजारले पनि सूचकमा ठूलो गिरावट देखाएपछि गतवर्षकै प्रवृति दोहोरिने संभावाना बढेको हो।

     

    आइतबार दिनभरजसो सूचक ओरालो लाग्दा कमाउने कम्पनीको संख्या १६ मा सिमित बनेको छ। यो दिन २३३ कम्पनीको सेयरमूल्य घट्दा १६ वटाको मात्रै मूल्य बढेको हो। बढ्नेमा ट्रेड टावर र सिवश्री हाइड्रोपावर अगाडि छन्। यी दुवै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा सान्भि इनर्जी र समता घरेलु लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको हो।

     

    आजको दिन कारोबारमा आएका कम्पनीहरूको कुल १३ अर्बको कारोबार हुँदा सो मध्ये नेपाल पुनरबिमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको आज ७५ करोडको कारोबार भएको हो ।


    अर्थ चाैतारी
  • आइतबार, १८ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट