logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • राप्ती हाइड्रोको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

    राप्ती हाइड्रोको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

    897
    SHARES
    राप्ती हाइड्रोको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

    काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले साउन १३ गतेबाट लिलामीमा बिक्री खुला गरेको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज साउन २० गते अन्तिम दिन रहेको छ । असार १ गतेबाट हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो ।



     

    जसमा बिक्री हुन बाँकी रहेको कुल ७ लाख ४ हजार १११ कित्ता शेयर बोलकबोल बढाबढ मार्फत बिक्री गर्ने भएको हो । सर्वसाधारण समूहतर्फ ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण समुहतर्फको लकइनमा नरहेको (साउन ८ गतेसम्म लकइन) १ लाख ४० हजार १०१ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको हो ।

     

    बिक्रीमा राखिने शेयरमा इच्छुका जोहीकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

     

    शेयरको बोलपत्र आवेदन फारम मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय, नक्साल काठमाडौं, मुक्तिनाथ विकास बैंक, शाखा कार्यालय ठिमी भक्तपूर, कुमारीपाटी ललितपुर, बिर्तामोड झापा, विराटनगर, बीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, घोराही, दाङ, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगरबाट पाइनेछ ।


    अर्थ चाैतारी
  • मंगलबार, २० साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट