logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नेशनल लघुवित्तको करिव १ लाख कित्ता शेयर बिक्रीमा

    नेशनल लघुवित्तको करिव १ लाख कित्ता शेयर बिक्रीमा

    871
    SHARES
    नेशनल लघुवित्तको करिव १ लाख कित्ता शेयर बिक्रीमा

    काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको करिव संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ९४ हजार ८७० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।



     

    उक्त शेयरमा संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।

     

    तोकिएको मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त शेयर बिक्री गरिने संस्थाले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २० साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट