काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकवर्गको सुबिधालाई मध्येनज़र गर्दै भिडियो केवाइसी सेवा सार्वजनिक गरेको छ । डिजिटल क्षेत्रमा ग्राहक वर्गलाई सहज बैंकिंगको सुबिधाको साथै ग्राहकको समय बचत गराउने उधेश्यले भिडियो केवाइसी सोलुसनको सुरुवात गरिएको हो ।
मन्जुश्री इनोभेसन तथा डिजिटल एडप्सनको क्षेत्रमा अव्वल स्थानमा आफ्नो पहिचान बनाउदै गरेको फाइनान्स कम्पनी हो । टिच सभ्य ग्राहक तथा बिदेशमा रहेका नेपालीहरुलाई मध्येनज़र गर्दै फाइनान्सले सो सुबिधाको सुरुवात गरेको हो । अब खाता अपडेट गर्नको लागि बैंकको शाखा पुग्नु पर्ने बाध्यतालाई हटाउनको लागि सो सुबिधाको सुरुवात भएको हो ।
हालसम्म करिब २३ अर्ब निक्षेप संकलन गरि करिब १८.६ अर्ब कर्जा परिचालन गरेको यसे मन्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको छ । फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ । हालको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।
अर्थ चाैतारी ।