logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नेशनल लघुवित्तको नाफा दोब्बरले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचक

    नेशनल लघुवित्तको नाफा दोब्बरले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचक

    611
    SHARES
    नेशनल लघुवित्तको नाफा दोब्बरले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचक

    काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को चौंथोे त्रैमास (असार) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नाफा र आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ ।



    गत वर्ष कम्पनीको खुद नाफा दुई गुणा अर्थात १३६.३ प्रतिशतले बढेर ४७ करोड ४० लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा २० करोड ५ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

     

    त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ४४.५९ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ५५ लाख २३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब ११ करोड ७२ लाख १८ हजार खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।
    त्यस्तै कम्पनीको सञ्चालन नाफा दोब्बरले वृद्धि भएको छ ।

     

     

    कम्पनीले अघिल्लो वर्ष ३३ करोड ७९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत वर्ष ६७ करोड ७७ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३५.६० रुपैयाँ छ । त्यस्तै मूल्य आम्दानी अनुपात ३९.३३ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ छ । त्यसैगरी तरलता अनुपात २०.३० रहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २८ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट