काठमाण्डौ । सर्वोच्च अदालत र जिल्ला अदालत काठमाण्डौले गत भदौ २४ गते भएको आगजनीको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाण्डौमा जाहेरी दिएका छन् । जाहेरी दिए पनि कसैको नाम किटान गरिएको छैन ।
जाहेरी पाएसँगै जिल्ला प्रहरी परिसर काठमाण्डौले अनुसन्धान समेत सुरू गरिरहेको एसएसपी रमेश थापाले बताए ।
काठमाण्डौजिल्ला अदालतले भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरी प्रहरीमा जाहेरी दिएको छ । भदौ २४ गतेको घटनामा सातवटा उच्च अदालतमा आगजनी तथा तोडफोड भएका थिए । सर्वोच्च अदालतको पत्राचार अनुसार ती अदालतले पनि विभिन्न विवरण संकलन गरी जाहेरी दिने तयारी गरिरहेको छ ।
अर्थ चौतारी ।