logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आरम्भ चौतारी लघुवित्तको आग्रह

    पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आरम्भ चौतारी लघुवित्तको आग्रह

    923
    SHARES
    पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आरम्भ चौतारी लघुवित्तको आग्रह

    काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई तत्काल लाभांश बुझिलिन आग्रह गरेको छ। संस्थाले साधारणसभाबाट पारित निर्णयअनुसार वितरण गरिएको नगद लाभांश पाँच वर्ष बितिसक्दा पनि केही शेयरधनीले बुझिलिन बाँकी रहेकाले वेभसाइटमा उल्लेखित विवरणका आधारमा परिचयपत्र लिएर लिन आग्रह गरेको हो।



     

    लघुवित्तले प्रकाशित सूचनामा उल्लेख गरेअनुसार, सूचना जारी भएको मितिले एक महिनाभित्र मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल काठमाडौँमा सम्पर्क गरी बाँकी लाभांश लिनुपर्नेछ।

     

    तोकेको समयभित्र पनि दाबी प्राप्त नभएमा उक्त बाँकी रकम कम्पनी ऐन तथा लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि, २०७३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जमा गरिने संस्थाले जनाएको छ।


    अर्थ चौतारी
  • बुधबार, ३ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट