logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • आइसिएफसि फाइनान्सले सञ्चालकको सेवा सुविधा बढाउने, लाभांश पारित गर्न डाक्यो सभा

    आइसिएफसि फाइनान्सले सञ्चालकको सेवा सुविधा बढाउने, लाभांश पारित गर्न डाक्यो सभा

    936
    SHARES
    आइसिएफसि फाइनान्सले सञ्चालकको सेवा सुविधा बढाउने, लाभांश पारित गर्न डाक्यो सभा

    काठमाण्डौ । लाभांश प्रस्ताव पारित गर्न आइसिएफसि फाइनान्सले वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्स कम्पनीको सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले २२औँ वार्षिक साधारण सभा मंसिर २९ गते काठमाडौंमा बिहान १० बजे बोलाएको हो ।



     

    फाइनान्सको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७९ हजार रुपैयाँको करसहित १५.७८ प्रतिशतका दरले १८ करोड ६८ लाख ६४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

     

    कम्पनीको सभाले सञ्चालकहरूको सेवा सुविधा थप गर्ने र सोही अनुरुप नियमावलीमा संशोधन गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक बर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

     

     

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् ।


    अर्थ चौतारी
  • सोमबार, ८ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट