काठमाण्डौ । आरएसडीसी लघुवित्तको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा रुपन्देहीको वुटवलस्थित वेष्टर्न एसियन होटल प्रालि मा बिहान सम्पन्न भएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले अन्य वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।
त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्य कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको हो ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले कात्तिक २५ गते बुक क्लोज गरेको थियो ।
अर्थ चौतारी ।